महोत्तरीका ५ नगरपालिकाका विपन्न परिवारलाई भारतको ग्याँस चुल्हो

नेपालभ्युज

महोत्तरीका ५ नगरपालिकाका विपन्न परिवारलाई भारतको ग्याँस चुल्हो
प्रतीकात्मक तस्वीर ।

काठमाडौं ।  भारत सरकारले महोत्तरी जिल्लाका विपन्न परिवारलाई ग्याँस चुल्हो र ग्यास सिलिण्डर उपलब्ध गराउने भएको छ । बिहीवार काठमाडौंमा एक कार्यक्रम गरी भारतीय राजदुतावासले सुशिला ठाकुर स्मृति स्वास्थ्य फाउण्डेसनमार्फत सहयोग उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।

समझदारी पत्रमा दाउरा, कोइला, गुँइठा जस्ता परम्परागत इन्धनमा निर्भर रहेकाहरुलाई जीविकोपार्जनमा सजिलो बनाउन ग्याँस चुल्हो र ग्याँस सिलिण्डर वितरण गर्न लागिएको बताएको छ ।

भारत सरकारले करिव ५ करोड अनुदान सहयोगमा महोत्तरी जिल्लाको ५ वटा नगरपालिकाका झन्डै ८ हजार विपन्न तथा सीमान्तकृत परिवारलाई ग्याँस चुल्हो र ग्यास सिलिण्डर दिन लागेको हो ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रम अन्तर्गत उपलब्ध गराइएको सहयोग भारत सरकारले चलाइरहेको ‘प्रधानमन्त्री उज्ज्वला योजना’ जस्तै कार्यक्रम रहेको नेपालस्थित भारतीय दुतावासले बताएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved