काठमाडौं। राष्ट्रिय कर्मचारी संगठनमा आबद्ध कर्मचारीहरूले आफ्नो विरोध कार्यक्रम अन्तरगत आज सिंहदरबार छिरेनन्। वैशाख १९ देखि भइरहेको आन्दोलनअन्तर्गत आज उनीहरूले विरोधस्वरूप कार्यालय नगएका हुन् ।
संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाका अनुसार यसअघि संयुक्त कर्मचारी संगठन (नेपाल निजामती कर्मचारी संगठन, नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल कर्मचारी युनियन, मधेसी निजामती कर्मचारी) ले संयुक्तरूपमा विरोध प्रदर्शन गर्दै प्रवेश नगर्ने बताए पनि अन्तिममा अरु संगठनले हात झिकेका छन् ।
उनका अनुहार सरकार समर्थित दलसँग आबद्ध संगठनहरूले आजकोआन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
यसअघि, वैशाख १९ गते मुख्य सचिवसहित विभिन्न मन्त्रालयका सचिवलाई ‘संघीय निजामती सेवा ऐन जारी गर्न’ देशभरबाट मोबाइल एसएमएसमार्फत ध्यानाकर्षण गराइएको थियो।
कर्मचारीहरूले गरेका विरोध कार्यक्रम :

Facebook Comment
Comment