मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

नेपालभ्युज

मेक्सिकोमा सडक दुर्घटनामा १८ जनाको मृत्यु

एजेन्सी। मेक्सिकोको पश्चिमी राज्य नायरिटमा एक पर्यटक बस राजमार्गमा पल्टिँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएको छन्  स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।

नायरित राज्यका महान्यायाधिवक्ताको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “शनिबार राति १५ मिटर गहिरो खाल्डोमा गाडी खस्दा त्यसमा सवार ११ महिला र सात पुरुषको मृत्यु भएको छ । यस्तै, घाइतेलाई राज्यका तीनवटा अस्पतालमा उपचारका लागि पठाइएको छ।”

पर्यटक बस मध्यजालिस्कोको ट्लाजोमुल्कोबाट नायरिटको समुद्री किनारको गन्तव्य ग्वायाबिटोसतर्फ प्रस्थान गरिरहेका बेला दुर्घटनामा परेको जलिस्को राज्यका गभर्नर एनरिक अल्फारोले पुष्टि गरे ।-रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved