काठमाडौं। एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपाल र यूएईबीचको फाइनल खेल स्थगित भएको छ। वर्षाको कारण सोमबार खेललाई निरन्तरता दिन नसिकिएपछि रिजर्भ डे अर्थात् मङ्गलबारमा बाँकी खेल खेलाइने भएको हो।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको खेलमा यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाको कारण खेल रोकिएको थियो। यसअघि १६.५ विकेटमा यूएईले ६० रन बनाउँदा वर्षाको कारण पनि रोकिएको थियो।
मङ्गलबार २७.३ ओभरबाट नै खेल सुरु हुने भएको छ।
टस जितेर नेपालले बलिङ रोजेसँगै यूएई ब्याटिङमा उत्रियो। यूएईको लागि आसिफ खानले ४६ र आर्यान लाक्राले १३ रन बनाए।
नेपालको लागि ललित राजवंशीले ३, करण केसीले र सन्दीप लामिछानेले २–२, तथा गुल्सन झा र सोमपाल कामीले १–१ विकेट लिए। मङ्गलबार ललित आफ्नो ह्याट्रिक पूरा गर्ने योजनामा हुनेछन्।
Facebook Comment
Comment