एजेन्सी । अनुहारमा आउने चाउरीपनाले उमेर बढ्दै गरेको संकेत गर्दछ । त्यसैले केही घरेलु तरिकाहरु अपनाएर ३० वर्षपछि आउँदै गरेको चाउरीपनालाई हटाउन सकिन्छ ।
धेरै बेर घाममा रहँदा पनि छाला ड्यामेज हुन्छ जसकारण चाउरीपना आउन सक्छ । त्यसैले ३० एसपीएफ भएको सनस्क्रीन लगाउन जरुरी हुन्छ ।
केही मोइस्चराइजर तथा स्किन केयर प्रोडक्ट्सको मद्दतले छालालाई हाइड्रेट राख्न सक्नुहुन्छ । त्यसका लागि आफ्नो छालामा मिल्ने खालको क्रिमहरुको प्रयोग गर्ने । छालालाई सुख्खा हुन दिनु हुँदैन । सुख्खा छालामा छिटो चाउरीपना आउँछ ।
त्यस्तै धुम्रपानबाट पनि बच्नुपर्छ । यसले पनि छालामा चाउरीपना आउने खतरा हुन्छ । धेरै बाहिरको जंक फुडहरु खानबाट बच्नुपर्छ । सकेसम्म हरियो सागपात तथा फलफूलहरुको सेवन प्रसस्त मात्रामा गर्नुपर्दछ । त्यस्तै झोलिलो चिजहरु खानुपर्दछ ।
स्वस्थ शरीर तथा छालाको लागि निद्रा पनि एकदमै आवश्यक हुन्छ । कम्तीमा पनि ७ देखि ८ घण्टा गहिरो निद्रा लिनु पर्दछ । यसले छाला सधैं चम्किलो रहिरहन्छ ।
त्यस्तै बढ्दै गरेको उमेरसँग आएको चाउरीपनाबाट बच्नका लागि ग्रीन टीको प्रयोग गर्न सकिन्छ । यसको पाउडरलाई मह तथा दहीमा मिसाएर अनुहारमा लगाउँदा चाउरीपना कम हुन्छ ।
Facebook Comment
Comment