अमेरिकाको सिएटलमा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते

नेपालभ्युज

अमेरिकाको सिएटलमा गोली चल्दा २ जनाको मृत्यु, १ घाइते
सांकेतिक तस्वीर।

सान फ्रान्सिस्को ।अमेरिकाको वाशिङ्टन राज्यको सिएटलस्थित क्याल एन्डरसन पार्कमा शनिबार राति दुई जनाको गोली हानी हत्या भएको छ । सो घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन् ।

एक जनाको घटनास्थलमै र दोस्रोको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी गम्भीर चोटपटक लागेका अर्का एकजना घाइतेको उपचार भइरहेको बताइएको छ ।

सिएटलका प्रहरी प्रमुख एड्रियन डियाजले आइतबार बिहान सो घटनाको विवरण सार्वजनिक गरेका छन् ।  सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved