प्रेमीमा यस्तो स्वभाव देखिए विवाहको निर्णय हुन सक्छ गलत

नेपालभ्युज

प्रेमीमा यस्तो स्वभाव देखिए विवाहको निर्णय हुन सक्छ गलत

काठमाडौं।  धेरै त्यस्ता प्रेमी जोडा हुन्छन् जो लामो समय सम्बन्धमा रहन्छन् । कतिपयलाई त्यसलाई विवाहमा परिणत गर्छन् भने कतिपयले लामो समयमो सम्बन्धलाई पनि पूर्णविराम लगाउँछन् ।

यदि, तपाईं प्रेम सम्बन्धमा हुनुहुन्छ भने तपाईंले आफ्नो पार्टनरको बारेमा राम्रोसँग जान्ने प्रयास गर्नुपर्छ। कुनै कुरामा तपाईंलाई  चित्त बुझ्दैन भने बेलैमा त्यस्तो सम्बन्धलाई टुंग्याएको राम्रो हुन्छ । किनकि, विवाह भनेको एउटा महत्त्वपूर्ण निर्णय हो जो सबैले आफ्नो जीवनमा लिने गर्छन् ।

एकपटक विवाहमा बाँधिइसकेपछि दुवैमा थुप्रै जिम्मेवारीहरू आउँछन् । जसलाई त्यति सजिलै पछाडि छोड्न सकिँदैन । त्यसैले, तपाईं पनि यदि आफ्नो प्रेमीमा यस्ता समस्याहरू देख्नुहुन्छ भने विवाहको निर्णयलाई पुनर्विचार गर्नुहोस्।

शारीरिक सुन्दरताको पछाडि लाग्ने

यदि, तपाईंको पार्टनरले तपाईंको अनुहार वा जिउडालको बारेमा मात्र कुरा गर्छ वा त्यही कुरालाई मात्र बढी ध्यान दिने गर्छ भने त्यो सम्बन्ध लामो समय नटिक्न सक्छ । किनकि, मानिसको बाहिरी सुन्दरता सधैं रहँदैन। बाहिरी सुन्दरतामा आकर्षित भएर नजिक हुने मानिस कुनै पनि बेला अर्को सुन्दरताको खोजीमा लाग्न सक्छ । त्यसैले त्यस्तो व्यक्तिसँग विवाह गर्नुअघि राम्रोसँग सोंचविचार गर्नुहोस्।

जे कुरामा पनि रोकटोक गर्ने

यदि, तपाईंको पार्टनरले हरेक कुरामा रोकटोक गर्छ, तपाईंको कामलाई कहिल्यै राम्रो भन्दैन, हरेक काममा नकारात्मक पक्षलाई नै खोज्ने गर्छ भने ऊ सँग विवाह गरेर तपाईं सबैभन्दा ठूलो गल्ती गर्दै हुनुहुन्छ । यदि, उसले तपाईंको नराम्रो काममा गाली गर्छ भने राम्रो कुरा हो, तर तपाईंको राम्रा काम पनि नदेख्ने वा हरेक कुरामा कराउने गर्छ भने त्यो समस्या हुन सक्छ । त्यसैले, हतारमा यस्तो व्यक्तिसँग विवाह गर्ने निर्णय नलिनुहोस्।

अन्य महिलासँग नजिक हुने

यदि, तपाईंको पार्टनर राति ढिलासम्म महिला साथीहरूसँग पार्टी गर्ने, घुम्न जाने गर्छ भने त्यस्तो व्यक्तिसँग विवाह गर्नुअघि सोंच्नुपर्छ । किनकि, यदि तपाईंको पार्टनरले विवाहपछि पनि यस्तो गरेको तपाईंलाई पक्कै मन पर्दैन । त्यसैले, त्यस्तो व्यक्तिसँग तपाईंलाई जीवन बिताउन गाह्रो पर्न सक्छ । त्यसैले, त्यस्तो व्यक्तिसँग सम्बन्ध नजोडेकै राम्रो हुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved