छोटे राजाहरू खोकी लाग्दैमा करोडौं खर्च गरेर विदेश जान थाले : डा.प्रकाशचन्द्र लोहनी

नेपालभ्युज

छोटे राजाहरू खोकी लाग्दैमा करोडौं खर्च गरेर विदेश जान थाले : डा.प्रकाशचन्द्र लोहनी

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले देशको नेतृत्वमा धनवादीहरूको प्रवेश भएको बताएका छन् । शनिबार माइतीघर मण्डलामा महावीर पुनको आन्दोलनलाई समर्थन गर्न पार्टीको तर्फबाट धर्नास्थल पुगेका पूर्वअध्यक्ष लोहनीले नेताहरू सत्ताको लुछाचुँडीमा मात्रै केन्द्रित हुने गरेको आरोप लगाएका हुन् ।

लोहनीले नेपालमा नै उपचार हुनसक्ने कुरामा करोडौँ खर्च गरेर विदेश पठाइएकोप्रति पनि असन्तुष्टि जनाए । उनले भने, ‘हाम्रो राज्यले नेपालमा नै उपचार हुनसक्ने थुप्रै मान्छेहरूलाई नेपालका छोटे राजाहरू भन्नुस् न, छोटे राजालाई करोडौँ करोड खर्च गरेर, विदेशमा उपचारका लागि पठाउन सक्ने, तर करोडौं नेपालीको आर्थिक अवस्था माथि उठाउन आविष्कारमा लगानी बढाऔं भनेर हिँडेको व्यक्ति र संस्थालाई वास्ता नगर्ने भनेको वैज्ञानिक समाजवाद यही हो ? जनतासँग प्रतिबद्ध राज्य भनेको यही हो ?’

‘अहिलेको राज्यसत्ता मूलतः केही सानो जमातको हितको लागि मात्रै भयो । नेपाललाई माथि लैजान प्रविधिको विकास बिना सम्भव छैन । खोकी लाग्यो भने बेलायत, अमेरिका र भारत जाने, करोडौं खर्च गर्न जाने, नेपालीको स्तर उकास्त काम गर्न नदिने यही वैज्ञानिक समाजवाद । यो सत्ताको लुछाचुँडी र धनवादीहरूको प्रवेश भएको छ,’ उनले थपे ।

पूर्वअध्यक्ष लोहनीले अयोग्य लडाकुलाई अर्बौं रुपैयाँ छुट्याउनसक्ने सरकारले आविष्कार प्रवर्द्धनका लागि बजेट छुट्याउन सक्दिनँ भन्नु नाटक भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved