पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि चीनसँग आग्रह

नेपालभ्युज

पोखरामा अन्तर्राष्ट्रिय उडानका लागि चीनसँग आग्रह

काठमाडौं। गएको पुस १७ गते उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल जोड्ने गरी चीनबाट हवाई सेवा सञ्चालन गर्न पोखराका व्यवसायीले चीन  सरकारसँग आग्रह गरेका छन् ।

पोखरा पर्यटन परिषद्को नेतृत्वमा काठमाडौं आएको व्यवसायीको एक टोलीले नेपालका लागि चिनियाँ राजदूत छन् सोङलाई भेट गरी पहिलो चरणमा कम्तिमा चीन–पोखरा बिच चार्टड उडान भए पनि सञ्चालन गर्न आग्रह गरेको हो।

चिनियाँ लगानीमा बनेको ठूलो योजना सञ्चालन गर्न चीनसँग नै आग्रह गरिएको होटल संघ पोखरा नेपालका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।अध्यक्ष सुवेदीले परिषद्को आग्रहप्रति राजदूत सोङ सकारात्मक रहेको पनि बताए।

पोखरामा सडक महोत्सव, खाना महोत्सव लगायतका गतिविधि बढाउन राजदूतले सुझाव दिएको सुनाउँदै उनले यस्ता गतिविधिले उडान सञ्चालन गर्न सहयोग पुग्ने भनाइ राखेको बताए ।

टोलीमा परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठ, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापति, रेवान पोखराका अध्यक्ष नरेशवहादुर भट्टराई, ओभरसिज चाइनिज एसोसिएसनका अध्यक्ष तथा प्रतिनिधि र पोखरा महानगरपालिकाका कार्यवाहक प्रमुख मोतिलाल तिम्सिनालगायत पनि सहभागी थिए।

सोही अवसरमा टोलीले मुस्ताङ स्थित कोरला नाका खोल्न पनि चीनसँग आग्रह गरेको थियो ।आगामी जुनमा फेवा तालमा सञ्चालन हुने बोट रेस प्रतियोगिता र खाना महोत्सवका लागि चीन सरकारले सघाउन लागेको पनि जनाइएको छ ।

चीनका तर्फबाट आठवटा ड्रागन बोट पोखरा महानगरलाई प्रदान गरिने र ती डुंगामा नेपालका सातै प्रदेश र चीनबाट समेत प्रतिनिधित्व हुने गरी प्रतियोगिता सञ्चालन हुने संघका अध्यक्ष सुवेदीले जानकारी दिए


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved