पराजय स्विकार्दै भट्टराईले भने- आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ

नेपालभ्युज

पराजय स्विकार्दै भट्टराईले भने- आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ

काठमाडौं । तनुहँ- १ को उपनिर्वाचनमा नेपाली कांग्रेसका उमेदवार गोविन्द भट्टराईले पराजय स्विकार गरेका छन् । भट्टराईले सोमबार सामाजिक सञ्जालमार्फत परिणाम स्वीकार गर्दै आफूलाई अब्बल प्रमाणित गर्न नसकेको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘सायद, मेरो तपाईंप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ । यसले मलाई तपाईंको विश्वासयोग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईंहरूको जनादेशलाई शिरोपर गर्ने प्रतिबद्धता व्यक्त गर्दछु’

उनले मतदातालाई धन्यवाद दिदैं भनेका छन्, ‘चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईंको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुसी पनि दिलाएको महसुस गरेँ । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।’

जारी मतगणना अनुसार भट्टराई रास्वपाका उमेदवार स्वर्णिम वाग्लेभन्दा १० हजार बढी मतले पछि परेका छन् । ४७ हजार १६२ मत गणना हुँदा कांग्रेसका भट्टराईले १४ हजार १८२ मत पाएका छन् भने स्वतन्त्रका स्वर्णीम वाग्लेले २४ हजार ४०६ मतसहित अग्रता कायम गरेका छन् । यस्तै एमालेका सर्वेन्द्र खनालले  ७ हजार २६ मत पाएका छन् ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved