संसदीय समितिमा मिल्यो भागबन्डा

संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन अर्को समिति बन्ने

नेपालभ्युज

संसदीय समितिमा मिल्यो भागबन्डा

काठमाडौं। सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलबीच संसदीय समितिको भागबन्डा  मिलेको छ । संसदका प्रमुख तीन दलका शीर्ष नेताहरूबीच सोमबार सिंहदरबारमा भएको छलफलमा एमालेले तीनवटा समितिको सभापति लिने सहमति भएको छ ।

संयुक्त समितिमध्ये संसदीय सुनुवाइको सभापति नेपाली कांग्रेसले लिनेछ भने राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको सभापति एमालेले लिनेछ।

यस्तै, प्रतिनिधिसभाको १० वटा विषयगत समितिमध्ये एमालेले सार्वजनिक लेखासहित २ वटाको सभापति पाउने सहमति भएको बुझिएको छ । त्यस्तै, एमालेले संसदीय सुनुवाइ समितिमा प्रतिनिधि सभाका १२ सदस्यमध्ये कांग्रेस बराबर ४ सदस्य पाउने भएको छ।

यसैगरी, शीर्ष नेताको छलफलमा संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई निष्कर्षमा पुर्‍याउन विशेष समिति गठन गर्ने सहमति पनि भएको छ ।

वार्तामा एमालेबाट अध्यक्ष केपी ओली, संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरी सहभागी थिए । कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक थिए भने माओवादीबाट प्रधानमन्त्री पुष्पकमल दाहालसहित प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved