चितवनमा सर्वदलीय बैठक सुरु

मतगणनाको तयारीको लागि चितवन –२ मा सर्वदलीय बैठक सुरु भएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो।

नेपालभ्युज

चितवनमा सर्वदलीय बैठक सुरु

काठमाडौं। मतगणनाको तयारीको लागि चितवन –२ मा सर्वदलीय बैठक सुरु भएको छ। बिहान ८ बजे नै बस्ने भनिएको बैठक ढिला गरी सुरु भएको हो।

मतगणनाको सहमतिका लागि बैठक बसेको हो। उद्योग संघको हलमा मतगणना गर्ने तयारी छ।
चितवन–२ मा कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलगायत उम्मेदवार छन्।

त्यहाँ दलहरूको विवादको कारण मतगणना अझै सुरु हुन सकेको छैन।
राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेविरुद्ध आचारसंहिता उल्लंघनको घटना छानबिन नभई मतगणना नगर्ने नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारको अडानका कारण मतगणनामा ढिलाइ भएको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved