काखी चिलाउने समस्या हुन सक्छ खतरनाक सावित

नेपालभ्युज

काखी चिलाउने समस्या हुन सक्छ खतरनाक सावित

एजेन्सी। प्रायः मानिसहरुलाई काखी चिलाउने समस्याको सामना गर्नु परेकै हुन्छ। यसका पछाडि कैयौं कारणहरु हुन सक्छन्। कैयौं पटक काखीको रौं फाल्नाले पनि काखी चिलाउने समस्या हुन थाल्छ। तर यदी कसैलाई रौं नफालेको बेला पनि चिलाउँछ भने सावधान हुन जरुरी छ। यसले अन्य केही समस्यातर्फ इसारा गरिरहेको हुन सक्छ।

बिनाकारण काखीमा चिलाउने समस्याले सामान्य तथा गम्भीर विमारीको संकेत गरिरहेको हुन्छ। आउनुहोस् जानौं काखी चिलाउने समस्याले कुन विमारीतर्फ संकेत गरिरहेको छ भनेर–

डर्मेटाइटिस
यदी तपाईंको काखी चिलाउने तथा साथमा सुन्निने र पोल्ने समस्या छ भने त्यसलाई डर्मेटाइटिस भनिन्छ। डर्मेटाइटिस भएको खण्डमा छाला रातो हुने तथा चिलाउने, सुन्निने पनि हुन सक्छ। कैयौं व्यक्तिमा यो समस्या केही दिनमा आफै निको पनि हुन्छ भने कतिपयमा निको हुन लामो समय लाग्छ।

इन्टरट्रिगो
यो छालामा हुने सामान्य प्रकारको डाबर वा दाग हो। यो प्राय शरीरको त्यो भागमा हुन्छ जहाँ छाला दोब्रिने वा फोल्ड हुने गर्छ। जस्तै काखी, महिलाको बे्रस्टको तल्लो भाग, यौनांगको छेउछाउमा यस्तो समस्या आउन सक्छ। काखीमा इन्टरट्रिगोको समस्या हुँदा रातो हुने, डाबर आउने तथा चिलाउने हुन्छ। साथै काखीबाट नराम्रो प्रकारको गन्ध पनि आउँछ। साथै छाला एकदमै सुख्खा हुने पनि हुन्छ। मोटोपन भएका व्यक्ति, मधुमेहका विरामी तथा तातोको सम्पर्कमा आउने व्यक्तिहरुमा इन्टरट्रिगोको खतरा धेरै हुन्छ।

एक्जिमा
एक्जिमा एक प्रकारको चिलाउने रोग हो तर यो सामान्य चिलाउने भन्दा अलि फरक हुन्छ। एक्जिमा हुँदा चिलाउँदा चिलाउँदै कहिलेकाँही रगत समेत आउन सक्छ। यो छाला सम्बन्धी हुने आम समस्या मध्ये एक हो। एक्जिमा भयो भने शरीरमा एकदमै जोडसँग चिलाउँछ। यदी यस्तो अवस्थामा धेरै चिलाउँदा रातो हुने तथा रगत समेत आउने हुन्छ। यो अन्य शरीरमा जस्तै काखीमा पनि त्यस्तै हुन्छ। यो ब्याक्टेरियल इन्फेक्सन, एकदमै धेरै चिसो वा तातो मौसममा बस्नु, नुहाउँदा कडा साबुनको प्रयोग गर्ने जस्ता काणले हुन सक्छ।

इन्फ्लामेटरी ब्रेस्ट क्यान्सर
यो क्यान्सर ब्रेस्ट क्यान्सरको एउटा दुर्लभ रुप हो जो ब्रेस्ट तथा वरिपरिको छाला चिलाउनेसँग जोडिएको छ। जसमा काखी पनि समावेश हुन्छ। यो क्यान्सरको अन्य संकेतहरुमा ब्रेस्ट सुन्निनु, रातो हुनु, तथा वरिपरिको छाला एकदमै साह्रो हुनु जस्तो हुन्छ।

डाक्टरलाई कहिले देखाउने
यी मध्ये तपाईंलाई कुनै पनि समस्या लामो समय भइरहेको छ भने घरेलु उपायतिर नलाग्नुहोस्। तुरुन्तै डाक्टरलाई देखाउनुहोस्। तपाईं छाला सम्बन्धी विशेषज्ञलाई देखाउन पनि सक्नुहुन्छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved