आईएमई अटोमोटिभ एस्कर्टस्द्वारा महिलालाई नि:शुल्क अपरेटर तालिम

सीप विकासले रोजगारी र सशक्तीकरणमा टेवा पुग्ने अध्यक्ष ढकालको भनाइ

नेपालभ्युज

आईएमई अटोमोटिभ एस्कर्टस्द्वारा महिलालाई नि:शुल्क अपरेटर तालिम

काठमाडौं। आईएमई अटोमोटिभ एस्कर्टले महिलाहरूलाई नि:शुल्क हेभी इक्युपमेन्ट अपरेटर, ब्याक हो लोडर, तालिमको आयोजना गरेको छ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बिहीबारदेखि सुरु भएको उक्त तालिमको उद्घाटन गरे । कार्यक्रममा अध्यक्ष ढकालले महासंघको अध्यक्षको रुपमा आफूले राखेका पाँचवटा प्राथमिकतामा सीपयुक्त जनशक्ति उत्पादन उच्च प्राथमिकतामा रहेको बताए ।

जनशक्तिलाई दक्ष बनाउन सकेमा उद्योग व्यवसायमा आवश्यक दक्ष जनशक्तिको अभाव पूरा हुने र वैदेशिक रोजगारमा जाँदा पनि प्रतिष्ठित र उच्च तलबमान पाउन सकिने हुनाले आफूले सीपमूलक तालिम र दक्ष जनशक्ति उत्पादन तथा विकासमा विशेष पहल लिने अध्यक्ष ढकालले उल्लेख गरे ।

महिलालाई सीप दिई दक्ष बनाउन सकेमा महिला सशक्तीकरणमा समेत विशेष योगदान पुग्ने धारणा राख्दै अध्यक्ष ढकालले यस तालिमले सीप आर्जन गरी रोजगारीको अवसर पाउने र महिलालाई हेर्ने पुरातन सामाजिक सोँचमासमेत परिवर्तन आउने बताए।

“हामीले सवारी चालक भन्ने वित्तिकै पुरुषलाई बुझ्ने गर्छौं। तर समय बदलिएकोसँगै, हेभी इक्युपमेन्ट अपरेटरमासमेत महिलाहरूले आफूलाई प्रमाणित गर्न सुरु गरिसकेका छन् । तपाईंहरू पनि त्यो पुरातन सोच र धारणालाई परिवर्तन गर्दै ब्याक हो लोडरको तालिममा सहभागी हुनुभएको छ । तपाईंहरूले राम्रोसँग तालिममा सहभागी भई सीप सिकेर दक्ष बन्न भरपुर प्रयास गर्नुहोला । यसले सीप सिकेर रोजगारी मात्र होइन महिला सशक्तीकरणमा पनि ठूलो प्रभाव पार्नेछ,” उनले भने।

तालिममा सहभागी महिलाहरुलाई सुरक्षित र प्रभावकारीरूपमा ब्याक हो लोडर अपरेसन गर्न आवश्यक सबै किसिमका सीप तथा ज्ञान प्रदान गरिनेछ । तालिममा १५ जना महिलाहरु सहभागि छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved