तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने

नेपालभ्युज

तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने

काठमाडौं। २०७२ वैशाख १२ को भूकम्पपछि चीनले एकतर्फीरूपमा बन्द गरेको सिन्धुपाल्चोकको नेपाल–चीन तातोपानी नाका वैशाख १८ गतेदेखि सञ्चालनमा आउने भएको छ ।

२०७६ जेठ १५ गते दुई देशका उच्च अधिकारी सम्मिलित कार्यक्रमबीच सामान ढुवानी गर्नमिल्ने गरी नाका खुलाइएको थियो। तर, कोभिड सुरु भएसँगै पुनः बन्द भएको नाका एकतर्फी मात्रै खुल्दै आएको थियो।

वैशाख १८ पछि दुईतर्फी सामान ढुवानी गर्नमिल्ने तथा मानिसहरू ‍समेत आवतजावत गर्न मिल्ने गरी नाका खुलाउने सहमति भएको जनाइएको छ। यो नाका सञ्चालनमा आउने भएपछि नेपाल र चिनियाँ सुरक्षाकर्मीबीच थप छलफल सुरु भएको छ।

दुई देशका सुरक्षाकर्मीले कोभिड संक्रमणसम्बन्धी सावधानी अपनाउने, सूचना सम्प्रेषण गर्ने, अन्तरदेशीय सिमाना सुरक्षा व्यवस्था अझ मजबुत बनाउने, अपराध नियन्त्रण र न्यूनीकरणमा संवेदशील रही आवश्यकताअनुसार संयुक्त तालिम, गस्ती गर्ने भएका छन्।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved