आन्तरिक सभ्यता र संस्कृति मजबुत बनाउन दुवै देशको भूमिका अहम् छ : राजदूत श्रीवास्तव

नेपालभ्युज

आन्तरिक सभ्यता र संस्कृति मजबुत बनाउन दुवै देशको भूमिका अहम् छ : राजदूत श्रीवास्तव

धनगढी। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले धार्मिक पर्यटनका क्षेत्रमा विकास गर्ने सक्ने हो भने नेपालको सुदूरपश्चिम प्रदेश र भारतको उत्तराखण्ड प्रदेशमा पर्यटनका माध्यम बाट आर्थिक विकास गर्ने सकिने बताएका छन् ।

मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन नेपाल आएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दुई देशबीचको आन्तरिक सभ्यता र सांस्कृतिक सम्बन्ध निकै पुरानो भएको जानकारी दिए । उनले नेपाल र भारतबीच लामो समयदेखि प्रगाढ रहेको सम्बन्धलाई थप मजबुत बनाउन धार्मिक पर्यटन एक महत्त्वपूर्ण क्षेत्र रहने बताए ।

श्रीवास्तवले नेपाल र भारतका तीर्थयात्रीलाई एक देशदेखि अर्काे देश जान कुनै समस्या नहोस् भन्ने चाहना भारत सरकारको रहेको जानकारी दिए ।

भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवाले पनि वैशाख २ गतेदेखि धनगढीमा सुरु भएको मानसखण्ड सम्मेलनको समापन समारोहमा सम्बोधन गरेका छन् ।

यसअघि, उनलाई सुदूरपश्चिम सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले स्वागत गरेका थिए । मानसखण्ड सम्मेलनको समापन समारोहमा बोल्दै चौथाइवाले सुदूरपश्चिम प्रदेश र उत्तराखण्ड क्षेत्रमा ४० भन्दा बढी तीर्थ क्षेत्रहरू रहेका कारण यी ओझेलमा परेका क्षेत्रहरूको विकासमा दुवै देशले ध्यान दिनुपर्ने बताए ।

सुदूरपश्चिम सरकारको सहयोग तथा सुदूरपश्चिम विश्वविद्यालय, भारत उत्तराखण्डको कुमाउ विश्वविद्यालयको संयुक्त आयोजनामा भइरहेको मानसखण्ड अन्तर्राष्ट्रिय सम्मेलनको समापन समारोहको प्रमुख वक्ताका रूपमा चौथाइवाले नेपाल आएका हुन् ।

कार्यक्रममा नेपाली कांग्रेस नेतृ डा. आरजू राणा देउवा, सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति अम्मरराज जोशी, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह, सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री प्रकाशबहादुर देउवालगायतको सहभागिता थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved