धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द

नेपालभ्युज

धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द

बनेपा । अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको धुलिखेल–खावा सडक खण्ड १२ घण्टाका लागि बन्द गरिएको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आइतबार दिउँसो सूचना जारी गर्दै सो सडक खण्डमा मर्मतसम्भार गर्नुपर्ने भएकाले आज राति ८ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि बन्द गरेको जनाएको छ ।

सडकको अवस्था दयनीय भई स्थानीय नागरिकलाई आवतजावतमा कठिनाइ हुनाका साथै कुनै पनि समयमा दुर्घटना हुन सक्ने अवस्था रहेकाले रातारात उक्त सडक मर्मतका लागि सम्बन्धित ठेकेदार कम्पनी, स्थानीय जनप्रतिनिधि र स्थानीय प्रशासनसमेतको सक्रियतामा तीव्ररूपमा सडक मर्मत भइरहेको जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले जनाएको छ । सो समयमा धुलिखेलदेखि पाँचखालसम्मको सडकखण्डमा सम्पूर्ण सवारी साधन आवागमनमा पूर्णरूपमा रोक लगाइएको कार्यालयले जनाएको छ । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved