महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे पदबहाली ग्रहण

नेपालभ्युज

महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले गरे पदबहाली ग्रहण

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष चन्द्रप्रसाद ढकालले अध्यक्षको पदबहाली ग्रहण गरेका छन्।

आइतबार टेकुस्थित महासंघको केन्द्रीय कार्यालयमा अध्यक्ष पदको पदबहाली ग्रहण गरेका हुन्। महासंघको वरिष्ठ उपाध्यक्षमा रहेका ढकाल महासंघको विधान अनुसार स्वतः अध्यक्ष भएका हुन्।

ढकालले गत बिहीबार नै पद तथा गोपनीयताको शपथ लिएपनि आइतबार मात्रै अध्यक्षको पदबहाली गरेका हुन्।

अध्यक्ष ढकालले साना व्यवसायीले पनि महासंघको‍ नेतृत्व गर्न सक्छ भन्ने उदाहरण आफैँ भएको बताए। उनले नागरिकको‍ अपेक्षा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसायको रूपमा काम गर्दा‍ सफल हुने बताए।

 

कतिपय व्यवसायीलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने चिन्ता रहेको भन्दै उनले साना व्यवसायीको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्ने प्रतिबद्धता जनाए । उनले महासंघको नेतृत्वमा रहँदासम्म ५ काम गर्ने प्रतिबद्धता जनाइसकेका छन् ।

उनले भने,’जसले इमान्दारीताका साथ नागरिकको पक्षमा र सरकारको प्राथमिकतामा परेको कामलाई व्यवसाय बनाउन सक्यो भने स्वभाविक रूपमा सानो व्यवसायले पनि महासंघको नेतृत्व लिनसक्छ भन्ने म आफैँ उदाहरण छु। कतिपय व्यवसायीलाई महासंघमा आफ्नो प्रतिनिधित्व हुँदैन भन्ने लागेको छ। तर, म साना व्यवसायीको महासंघमा प्रतिनिधित्व गराउने गरी काम गर्नेछु।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved