कब्जियतको समस्यामा पनि घ्युकुमारीको जुस ?

नेपालभ्युज

कब्जियतको समस्यामा पनि घ्युकुमारीको जुस ?

एजेन्सी । घ्युकुमारीको जुस नियमित पिउँदा शरीरमा ऊर्जा बढ्छ । घ्युकुमारीको जुसमा कैयौँ पोषण तत्व, भिटामिन र मिनरल पाइन्छन्, जसले शरीरको सिस्टममा सुधार ल्याउने गर्छ र ऊर्जा बढाउँछ । यस्तो जुस पिउँदा शरीरको प्रतिरक्षा क्षमता पनि बढेर जान्छ ।

यसका लागि घ्युकुमारीको पात काटी त्यसलाई खुर्किएर तीनदेखि चार चम्चा निकाली आवश्यक मात्रामा पानीमा घोलेर त्यसको जुस तयार पार्न सकिन्छ । यसमा भएको एन्टिइन्फ्लेमेटरी तत्वले पेटको रोगलाई हटाउन सहयोग गर्छ । यसको नियमित सेवन गर्दा कब्जियतको समस्याबाट पनि बच्न सकिन्छ ।

घ्युकुमारीको जुसको सेवनले छालामा पनि चमक ल्याउने गर्छ । यसको नियमित सेवनले छालालाई लामो समयसम्म जीवित र चमकदार राख्ने गर्छ । यसले छालाका विभिन्न समस्या, रिङ्कल्स, दाग, धब्बा, आँखाको कालो घेराजस्ता समस्या हटाउन भूमिका खेल्छ । यसले कपालमा पनि चमक ल्याउने गर्छ ।

शरीरमा भएका कैयौँ विषालु तत्वले शरीरमा नकारात्मक प्रभाव पारिरहेको हुन्छ । जसका लागि शरीरलाई डिटाक्सको आवश्यकता पर्दछ । घ्युकुमारीको जुस राम्रो डिटाक्सिफिकेसनको माध्यम हो ।

त्यस्तै उच्च रक्तचाप तथा मधुमेह हुनेहरुका लागि पनि नियमित घ्युकुमारीको जुस पिउँदा फाइदा गर्दछ । यसले रक्तचाप नियन्त्रित गर्छ भने रगतमा चिनीको मात्रालाई पनि सन्तुलित गर्ने गर्दछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved