अष्ट्रेलियामा ३० वर्षपछि पहिलोपटक टिटानस संक्रमणबाट एकको मृत्यु

नेपालभ्युज

अष्ट्रेलियामा ३० वर्षपछि पहिलोपटक टिटानस संक्रमणबाट एकको मृत्यु

सिड्नी । अस्ट्रेलियाको न्यू साउथ वेल्स राज्यमा सन् १९९३ पछि पहिलो पटक टिटानस सङ्क्रमणका कारण एक व्यक्तिको मृत्यु भएको छ । उक्त स्थानमा अन्य तीनवटा टिटानस सङ्क्रमित विरामी भेटिएका छन् ।

न्यु साउथ वेल्सको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तिमा सिड्नीकी ८० वर्षीया एक महिलाको गत अप्रिल १ मा टिटानसका कारण मृत्यु भएको हो । यस वर्ष न्यू साउथ वेल्समा टिटानसको अन्य दुई सङ्क्रमित भएको सूचनापछि यो घटना सार्वजनिक भएको मन्त्रालयले जनाएको छ ।

सन् २०१९ पछि न्यु साउथ वेल्समा टिटानस सङ्क्रमित भएको यो पहिलो घटना हो भने सन् १९९३ पछि टिटानसका कारण मृत्यु भएको यो पहिलो घटना भएको स्वास्थ्य अधिकारीले पुष्टि गरेका छन् ।

तीनै घटनामा टिटानस महिलाको तल्लो खुट्टामा लागेको सानो घाउबाट निकालिएको थियो र बगैंचाको माटोले दूषित बनाएका कारण उक्त सङ्क्रमण भएको थियो ।

तीमध्ये दुई जना महिलासँग टिटानस खोपको कुनै रेकर्ड थिएन भने तेस्रा ेमहिलाले ३० वर्षभन्दा पहिले खोप लगाएको बताएकी थिइन् ।

न्यू साउथ वेल्स हेल्थकी सङ्क्रामक रोग निर्देशक क्रिस्टिन सेल्वेले समुदाय, विशेष गरी वृद्ध अस्ट्रेलियालीहरूलाई टिटनेस खोपको साथ अद्यावधिक भएको सुनिश्चित गर्न आग्रह गरेकी छन् ।

‘टिटानस आजको विश्वमा एक दुर्लभ तर सम्भावित घातक रोग हो । टिटानसविरुद्ध खोप नै सबैभन्दा राम्रो सुरक्षा हो,’ सेल्वेले भनिन् ।

उनले भनिन्, ‘अस्ट्रेलियामा यो रोग प्रायः वृद्धवृद्धा र विशेषगरी महिलामा यो रोग देखा पर्छ । उनीहरूले खोपको मात्रा नपुर्‍याएका कारण सङ्क्रमण देखिने गर्छ ।’

टिटानस माटोमा पाइने ब्याक्टेरिया क्लोस्ट्रिडियम टेटानीका कारण हुने गम्भीर रोग हो । ब्याक्टेरियाले घाउमा प्रवेश गरेर विषाक्त पदार्थ उत्पादन गर्न सक्छ, जसको परिणामस्वरूप गम्भीर रोग लाग्न वा मृत्यु हुन सक्छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एन्ड एज्ड केयर’का अनुसार टिटानस कुनै पनि उमेरका व्यक्तिमा देखा पर्न सक्छ । सिन्ह्वा


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved