बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो

नेपालभ्युज

बैतडीमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गयो
फाइल तश्वीर

बैतडी।  बैतडीको झौलेकमा जीप दुर्घटना हुँदा ६ जनाको ज्यान गएको छ ।

बैतडीको झुलाघाटबाट बझाङको बागथलाका लागि छुटेको से१ज ७६४ नम्बरको जीप गएराति ११ बजेतिर पाटन नगरपालिकाको झौलेकमा दुर्घटना भएको हो ।

दुर्घटनामा ६ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । मृतकको परिचय खुलेको छैन। दुर्घटनास्थलमा खोजी तथा उद्धारको काम भैरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved