उपनिर्वाचनको लागि आचारसंहिता लागू, उल्लंघन गरेमा उम्मेदवारी खारेजसम्मको चेतावनी

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको हो ।

नेपालभ्युज

उपनिर्वाचनको लागि आचारसंहिता लागू, उल्लंघन गरेमा उम्मेदवारी खारेजसम्मको चेतावनी
फाइल फोटो

काठमाडौं। बारा, चितवन र तनहुँमा वैशाख १० गते हुने उपनिर्वाचनका लागि चैत्र आजदेखि आचारसंहीता लागू भएको छ ।

वैशाख १० गते हुने तनहुँ निर्वाचन क्षेत्र नम्बर १, चितवन २ र बारा निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनका लागि आजदेखि आचारसंहिता लागू भएको निर्वाचन आयोगले जनाएको हो ।

निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बिहीवार निर्वाचन आयोग र निर्वाचन आचारसंहीता केन्द्रिय अनुगमन समितिको बैठक बसेर चैत्र २४ गतेबाट सम्बन्धित सबै पक्षहरुमा लागू हुनेगरी उपनर्विाचन प्रयोजनार्थ आचारसंहिता लागू भएको बताएका छन् ।

उनले आचारसंहिता उल्लंघन भए उल्लंघन कर्तालाई सजायको भागिदार गराउन आयोगले कुनै कसुर बाँकी नराख्ने बताए ।   कतिपय आचारसंहीताको विषयवस्तु, संघीय सरकार, प्रदेश सरकार, स्थानीय तह लगायत सबैलाई लागू हुनेपनि बताए । उनले भने, ‘उपनिर्वाचन आगामी वैशाख १० गते हुँदैछ ।

नेपाल सरकार र मन्त्री, प्रदेश सरकार र मन्त्री, संवैधानिक निकाय र पदाधिकारी, सुरक्षा निकाय, सुरक्षाकर्मी तथा कर्मचारी, उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारण गरेको व्यक्तिलगायतलाई आचारसंहिता लागू हुनेछ ।

आचारसंहिताको कार्यान्वयनका लागि आचारसंहिता अनुगमन समितिलाई परिचालन गरिनेछ । आचारसंहिता उल्लंघनका घटनाबारे लिखित, मौखिक, सामाजिक सञ्जाल तथा अन्य माध्यमबाट आधार र कारण खुलाई प्रमाणसहित उजुरी दिन पाउने व्यवस्था गरेको आयोगको भनाई छ ।

केन्द्रीय आचारसंहिता अनुगमन समितिको बैठकले भ्रामक, गलत र द्वेषपूर्ण अभिव्यक्ति नदिन, कोही-कसैको चरित्र हत्या, व्यक्तिगत आरोपप्रत्यारोप, मानहानि हुने खालका सामग्री उत्पादन, प्रकाशन र प्रसारण नगर्न नगराउन पनि सचेत गराएको छ । मौन अवधि भने मतदान सुरू हुनु ४८ घण्टाअगाडि सुरू हुनेछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved