उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै

नेपालभ्युज

उपनिर्वाचन : उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिन्ह वितरण हुँदै
फाइल फोटो

काठमाडौं । आगामी वैशाख १० गते हुने उपनिर्वाचनको कार्यतालिका अनुसार आज उम्मेदवारको अन्तिम नामावली प्रकासन हुँदैछ ।

निर्वाचन  आयोगका अनुसार आज बिहान ९ बजेदेखि १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि समय तोकिएको छ ।त्यसपछि उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ ।

उम्मेदवारको अन्तिम नामावली प्रकाशित भएपछि आजै चुनाव चिह्न दिइने आयोगले जनाएको छ । २०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।

तनहुँ-१, बारा-२ र चितवन-२ मा उपनिर्वाचन हुन लागेको हो ।

 

 

 

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved