खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल

नेपालभ्युज

खेलकुद मानवीय जीवनको अङ्ग हो : पूर्वप्रधानमन्त्री नेपाल
फाइल तस्वीर । नेपालभ्यूज ।

भक्तपुर । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले शिक्षाजस्तै खेलकुद पनि मानवीय जीवनमा अत्यावश्यक रहेको बताएका छन‍् ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिले शनिबारदेखि भक्तपुरमा सुरु गरेको दोस्रो बागमती प्रदेश खेलकुद–२०७९ खेलाडी छनोट प्रतियोगिताको उद्घाटन गर्दै उहाँले खेलकुदको विकासले विश्वमा देशको नाम उच्च राख्न सकिने बताए ।

उनले भने, ‘खेलकुद मानवीय जीवनको अङ्ग हो, मानवीय जीवनमा शिक्षा जति आवश्यक छ, खेलकुद पनि उत्तिकै आवश्यक छ, भक्तपुरले पनि देश–विदेशका विभिन्न प्रतियोगितामा सहभागी भएर देशको नाम उच्च राख्न सक्ने गरी खेलाडी उत्पादन गर्न सफलता हासिल गर्नुपर्छ ।’ उनले खेलकुदबाट भाग्ने होइन, अभिन्न अङ्ग बनाएर अगाडि जानुपर्नेमा जोड दिए । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved