थ्री नेसन्स कप : भुटानलाई लाओसले हरायो

नेपालभ्युज

थ्री नेसन्स कप : भुटानलाई लाओसले हरायो

काठमाडौं । प्रधानमन्त्री थ्री नेसन्स कपमा लाओसले भुटानलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलको चौथो मिनेटमा बोङ्कोङले गोल गर्दै लाओसलाई अग्रता दिलाए ।

भुटानी कप्तान चेन्चो ग्याल्चेनले ३४औं मिनेटमा बराबरी गोल फर्काए ।

पहिलो हाफ १-१ को बराबरीमा सकिएको खेलको दोस्रो हाफमा एक गोल थप्दै दोस्रो खेलमा पहिलो जित निकाल्यो।

बोङ्कोङले नै ७१औं मिनेटमा उत्कृष्ट गोल गर्दै लाओसको जित सुनिश्चित गरे।

पहिलो खेलमा नेपालसँग २-० ले पराजित भएको लाओस  तीन अंक जोड्न सफल भयो ।

भुटान र नेपालबीचको खेल मंगलबार हुनेछ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved