प्रधानमन्त्रीको घोषणा- पदम लिम्बू शहीद घोषणा हुन्छन्, परिवारले क्षतिपूर्ति पाउँछन्

'उच्चस्तरीय छानबिन समिति बन्छ'

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदम लिम्बू ‘लाजेहाङ’ लाई शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् । 

नेपालभ्युज

प्रधानमन्त्रीको घोषणा- पदम लिम्बू शहीद घोषणा हुन्छन्, परिवारले क्षतिपूर्ति पाउँछन्

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पदम लिम्बू ‘लाजेहाङ’ लाई शहीद घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

शनिवार (आज) बिहान प्रधानमन्त्री सरकारी निवास बालुवाटार पुगेको प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको टोलीलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो प्रतिबद्धता जनाएका हुन् । ‘उहाँ (पदम लिम्बू ‘लाजेहाङ’) लाई शहीद घोषणा गर्नुपर्छ,’ प्रधानमन्त्री प्रचण्डले भने ।

पुनः नामाकरण सङ्घर्ष समितिको अडान– पदम लिम्बूलाई शहीद घोषणा नगरिन्जेल शव जिम्मा लिन्नौँ

घटनाबारे छानबिन गर्न उच्चस्तरीय समिति बन्ने र समितिले अध्ययनपछि पेश गरेको प्रतिवेदनका आधारमा लाजेहाङ परिवारलाई क्षतिपूर्तिको समेत व्यवस्था गर्ने प्रधानमन्त्री प्रचण्डले बताए । ‘शहीद घोषणा पनि गर्ने, छानबिन समिति पनि बनाउने र त्यसको आधारमा मृतकका परिवारलाई क्षतिपूर्ति दिने काममा सरकार अहिल्यैबाट लागिहाल्छ,’ प्रधानमन्त्री प्रचण्डले भनेका छन् ।

प्रदेश नं. १ पुनः नामाकरण संयुक्त सङ्घर्ष समितिको पहिचानको आधारमा पुन: नामाकरण हुनुपर्ने मागका सन्दर्भमा सम्बन्धित पक्षहरूसँग छलफल गर्ने र टुङ्ग्याउने बचन प्रधानमन्त्री प्रचण्डको थियो । ‘नामाकरणको विषयचाहिँ संवैधानिकरूपमै टुङ्ग्याउनुपर्ने हुन्छ । तपाईंहरू जिम्मेवाररूपमै आउनुभएको छ । यसलाई मैले गम्भीररूपमा लिएको छु । यसलाई संवाद र वार्ताको माध्यमबाट टुङ्ग्याउनुपर्छ,’ उनले भनेका छन् ।

सरकारलाई आयोगको आग्रह– लिम्बूलाई क्षतिपूर्ति दिनू, आन्दोलनरत पक्षको माग सम्बोधन गर्नू

सङ्घर्ष समिति लाजेहाङ शहीद घोषणा हुनुपर्ने, परिवारले क्षतिपूर्ति पाउनुपर्ने, कोशी प्रदेश पहिचानका आधारमा पुन: नामाकरण हुनुपर्नेलगायतका मागहरू लिएर बालुवाटार पुगेका थियो ।

कोशी खारेजीसँगै पहिचानका आधारमा नाम राखिनुपर्ने मागसहित गत चैत ५ गते भएको विराटनगरको आन्दोलनका क्रममा लिम्बू घाइते भएका थिए । त्यसपछि बीपी कोइराला मेमोरियल अस्पतालमा उपचाररत लिम्बूको शुक्रबार बिहान निधन भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved