पुन: नामाकरण सङ्घर्ष समितिको अडान- पदम लिम्बूलाई शहीद घोषणा नगरिन्जेल शव जिम्मा लिन्नौँ

प्रदेश नं. १ पुन: नामाकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलनका क्रममा घाइते भइ निधन भएका पदम लिम्बू ‘लाजेहाङ’ लाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ । 

नेपालभ्युज

पुन: नामाकरण सङ्घर्ष समितिको अडान- पदम लिम्बूलाई शहीद घोषणा नगरिन्जेल शव जिम्मा लिन्नौँ

काठमाडौं । प्रदेश नं. १ पुन: नामाकरण संयुक्त सङ्घर्ष समितिले आन्दोलनका क्रममा घाइते भइ निधन भएका पदम लिम्बू ‘लाजेहाङ’ लाई शहीद घोषणा गर्न सरकारसँग माग गरेको छ ।

बीपी कोइराला मेमोरियल अस्पतालमा उपचारको क्रममा गएराति लिम्बूको निधन भएपछि शुक्रबार बिहान बसेको समितिको आपत्‌कालीन बैठकले यस्तो माग गरेको हो ।

शहीद घोषणा नगरिन्जेल लिम्बूको शव जिम्मा नलिने अडान समितिको छ । समितिले गरेको पहिलो निर्णयमा भनिएको छ— प्रदेशको नाम कोशी खारेजी गरी ऐतिहासिक पृष्ठभूमिको आधारमा, बहुपहिचानको आधारमा पुनः नामाकरणको माग सम्बोधन नगरिन्जेल र आन्दोलनका क्रममा सहादत प्राप्त गरेका वीर योद्धा पदम लिम्बू ‘लाजेहाङ’ लाई राज्यले शहीद घोषणा गरी क्षतिपूर्ती नगरिन्जेल मृतकको शव जिम्मा नलिने ।

कोशी प्रदेश नामाकरण विरुद्धको आन्दोलनमा घाइते भएका पदमको मृत्यु

समितिले जारी आन्दोलनलाई झन् सशक्तरूपमा अगाडि लाने र हरेक आन्दोलनहरूमा लिम्बूको तस्वीर शहीदका रूपमा सम्मानपूर्वक बोक्ने निर्णय पनि समितिले गरेको छ ।

समितिले नेपाल आदिवासी जनजाति महासंघको समन्वयमा सबै घटकरूको सहभागितामा संयुक्त राष्ट्रसंघ, मानवअधिकार आयोग, प्रधानमन्त्री तथा राजनीतिक दलहरूलाई ध्यानाकर्षण पत्र बुझाउनेसमेत तयारी गरेको छ ।


Comment

One thought on “पुन: नामाकरण सङ्घर्ष समितिको अडान- पदम लिम्बूलाई शहीद घोषणा नगरिन्जेल शव जिम्मा लिन्नौँ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved