सरकारलाई आयोगको आग्रह- लिम्बूलाई क्षतिपूर्ति दिनू, आन्दोलनरत पक्षको माग सम्बोधन गर्नू

आदिवासी जनजाति आयोगले पदम लिम्बू ‘लाजेहाङ’ लाई क्षतिपूर्ति दिन र आन्दोलनरत पक्षको मागको सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

नेपालभ्युज

सरकारलाई आयोगको आग्रह- लिम्बूलाई क्षतिपूर्ति दिनू, आन्दोलनरत पक्षको माग सम्बोधन गर्नू

काठमाडौं । आदिवासी जनजाति आयोगले पदम लिम्बू ‘लाजेहाङ’ लाई क्षतिपूर्ति दिन र आन्दोलनरत पक्षको मागको सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

आयोगका अध्यक्ष रामबहादुर थापामगरद्वारा शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘बर्बरतापूर्वक दमनबाट ज्यानसमेत गएकाले मृतकलाई उचित क्षतिपूर्तिसहित आन्दोलनरत समुदायको माग गम्भीरतापूर्वक सुन्न र वार्तामार्फत माग सम्बोधन गर्न आदिवासी जनजाति आयोग नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छ ।’

त्यसअघि त्यहाँ भनिएको छ, ‘शान्तिपूर्ण आन्दोलनमा सहभागी भएका निशस्त्र आदिवासी जनजातिलाई राज्यले मानवताको ख्याल नगरी निर्मतापूर्वक बाँच्न पाउने अधिकार र मानवअधिकारको रक्षा गर्नुपर्ने आफ्नो दायित्वविपरीत सरकारले शान्तिपूर्ण रूपमा आफ्नो हक माग गर्ने आदिवासी जनजाति व्यक्ति/समुदायलाई गरेको व्यवहारप्रति ध्यानाकर्षण भएको छ ।’

पुन: नामाकरण सङ्घर्ष समितिको अडान- पदम लिम्बूलाई शहीद घोषणा नगरिन्जेल शव जिम्मा लिन्नौँ

कोशी नाम खारेजी र पहिचानका आधारमा राखिनुपर्ने मागसहित गत चैत ५ गते भएको विराटनगरको आन्दोलनमा लिम्बू घाइते भएका थिए । त्यसपछि बीपी कोइराला मेमोरियल अस्पतालमा उपचाररत लिम्बूको शुक्रबार बिहान निधन भएको छ ।

प्रदेश नं. १ पुन: नामाकरण संयुक्त सङ्घर्ष समितिले भने लिम्बूलाई शहीद घोषणा गर्न माग गरेको छ । उसले शहीद घोषणा नगरिन्जेल शव नबुझ्ने अडान लिएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved