त्रिफला घ्यूमा मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

नेपालभ्युज

त्रिफला घ्यूमा मिसाएर खाँदा हुन्छन् यस्ता फाइदा

एजेन्सी । त्रिफला कैयौं स्वास्थ्य समस्याहरुमा प्रभावशाली उपचार विधि मानिन्छ । तपाईंले प्रायः पेट सम्बन्धी समस्या भएका व्यक्तिले त्रिफला सेवन गरेको देख्नुभएको छ होला । त्रिफला तीन अद्भूत जडिबुटीको एउटा प्राकृतिक मिश्रण हो जो स्वास्थ्यका लागि कैयौं प्रकारले लाभदायक हुन्छ ।

यो अमला, हर्रो र बर्रोलाई मिलाएर बनाइएको हुन्छ । तीनवटै जडिबुटीका आ–आफ्नै औषधीय गुणहरु तथा स्वास्थ्य सम्बन्धी लाभ छन् । आमरुपमा मानिसहरु तातो पानी, मह वा दुधसँग त्रिफला चुर्णको सेवन गर्छन् । तर तपाईंले कहिल्यै घ्यूसँग मिसाएर त्रिफला चुर्णको सेवन गर्नुभएको छ ? हो यो घ्यू सँग मिसाएर खाँदा पनि स्वास्थ्यका लागि धेरै फाइदाजनक हुन्छ ।
घ्यू र त्रिफलाका फाइदा
१. रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सहयोगी हुन्छ र तपाईंलाई कुनै पनि संक्रमणबाट जोगाउँछ ।
२. शरीर सुन्निने समस्यामा एकदमै फाइदाजनक हुन्छ ।
३. पेटसँग जोडिएका समस्याहरुबाट बच्नका लागि तथा त्यस्ता समस्याबाट छुट्कारा पाउनका लागि लाभदायक हुन्छ ।
४. पेटमा ग्यास, एसिडिटी, ब्लोटिंग, वान्ता, छाती पोल्ने, पेटको दुखाई जस्ता समस्याका लागि फाइदाजनक हुन्छ ।
५. आँखाको स्वास्थ्यका लागि पनि राम्रो मानिन्छ । यसले दृष्टिमा सुधार ल्याई आँखा सुख्खा हुने समस्या पनि कम गर्छ ।
६. चिन्ता, तनाव जस्ता स्थितिसँग लड्नका लागि सहयोगी हुन्छ ।
७. सुत्नुअघि यसको सेवन गर्नाले राम्रो निद्रा आउँछ ।
८. छाला र कपाललाई स्वस्थ राख्न सहयोगी हुन्छ ।
९. यसले शरीरमा राम्रो ब्याक्टेरियालाई बढाउने काम गर्छ ।

घ्यू र त्रिफला सेवन गर्ने तरिका
तपाईं एक एक चम्चा त्रिफला र घ्यू मिसाएर मनतातो पानीसँग पिउन सक्नुहुन्छ । यसलाई तपाईं रातीमा सुत्नुअघि वा बिहान खालीपेटमा सेवन गर्नुहोला ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved