ललितपुर मेयर कप : सुदूरपश्चिमको विजयी सुरुवात

नेपालभ्युज

ललितपुर मेयर कप : सुदूरपश्चिमको विजयी सुरुवात

काठमाडौं। ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले विजयी सुरुवात गरेको छ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको उद्घाटन खेलमा सुदूरपश्चिमले ललितपुर मेयर्स-११ लाई ५१ रनले पराजित गरेको हो।

१३८ रनको लक्ष्य पछ्याएको ललितपुरले पूरै ओभर खेल्दा ७ विकेटको क्षतिमा ८६ रन मात्र बनायो। ललितपुरको लागि लक्ष्मी चौधरीले २५ र हेलिशा गुरुङले १९ रन बनाए। सुदूरपश्चिमको लागि ऋतु कनौजियाले २ विकेट लिइन्।

पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले पूरै ओभरमा ३ विकेटको क्षतिमा १३७ रन बनायो। उसको लागि सम्झना खड्काले अविजित रहँदा ४५ बलमा ६ चौका प्रहार गर्दै ५१ रन बनाए।

रुबी पोदारले २८ र कविता जोशीले अविजित २७ रनको योगदान गरे। ललितपुरको लागि कृतिका मरासैनीले २ तथा सोनी पाख्रिनले १ विकेट लिए।

अर्को खेलमा एपीएफ र मधेस प्रदेश आमने सामने हुनेछन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved