काठमाडौँ । थ्री नेसन्स प्रधानमन्त्री कप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपालले लाओसमाथि जित हासिल गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा नेपालले लाओसलाई २-० गोल अन्तरले हराउँदै जित हासिल गरेको हो ।
नेपालका लागि अनन्त तामाङ र नवयुग श्रेष्ठले एक/एक गोल गरे ।
खेलको पहिलो हाफमा नवीन लामाको कर्नरमा हेडमार्फत अनन्तले खेलको ३० औं मिनेटमा गोल गरे भने नवयुगले खेलको ५६ औं मिनेटमा अर्को गोल गरे ।
आजको यो जितसँगै नेपालकाे फाइनल पुग्ने सम्भावना बलियो बनेको छ । नेपालले सन् २०१६ पछि पहिलोपटक लाओससँग खेलेको हो ।
नेपालले अब मंगलबार भुटानको सामना गर्नेछ । शनिबार लाओस र भुटान भिड्नेछन् ।
यस खेलबाट एपीएफका सनिस श्रेष्ठ र मणी लामा, सातदोबाटोका दीपकराज सिंह ठकुरी र मनाङ मर्स्याङ्दीका सुमित श्रेष्ठले नेपाली राष्ट्रिय टिमका लागि डेब्यु गरेका छन् ।
Facebook Comment
Comment