वैशाख १० गते हुने उपनिर्वाचनको लागि आजदेखि दल दर्ता

चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपनिर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

नेपालभ्युज

वैशाख १० गते हुने उपनिर्वाचनको लागि आजदेखि दल दर्ता

काठमाडौं। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको  लागि आज बुधबारदेखि दल दर्ता गर्दैछ।

आयोगले संविधानको धारा २७१ बमोजिम वैशाख १० गते हुने उपनिर्वाचनका लागि दल दर्ता गर्न लागेको हो । उपनिर्वाचनमा भाग लिन चाहने दलले आझ बुधबारदेखि यही १२ गते आइतरवारसम्म आयोगमा दल दर्ता गर्न सक्नेछन् ।

चैत ५ गतेसम्म आयोगमा दर्ता कायम भएका दलले उपनिर्वाचनमा भाग लिन दर्ताका लागि निवेदन दिन सक्ने आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि दल दर्ता गर्न केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि पेस गर्नुपर्नेछ । वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य चितवन जिल्ला क्षेत्र नम्बर–२ को उपनिर्वाचनमा भाग लिने प्रयोजनका लागि दर्ता भएका राजनीतिक दलले दलको विधान, नियमावली र घोषणा पत्र पेस गर्नुपर्ने छैन ।

चितवनको क्षेत्र नम्बर–२ तथा राष्ट्रपति र उपराष्ट्रपतिको चुनावपछि रिक्त भएका ठाउँमा आउँदो वैशाख १० गते उपनिर्वाचन हुँदैछ ।

तनहुँ–१ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामचन्द्र पौडेल राष्ट्रपतिमा र बारा–२ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित हुनु भएपछि यी निर्वाचन क्षेत्र रिक्त भएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved