यस्तो छ आइतबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

नेपालभ्युज

यस्तो छ आइतबारको प्रतिनिधिसभा बैठकको सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आइतबार बस्दै छ । संघीय संसदको महासचिव डा. भरतराज गौतमका अनुसार  बैठक दिउँसो १ बजेदेखि बस्नेछ  ।

आइतबारको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरुको व्यहोरा जानकारी गराउने संसद सचिवालयले जनाएको छ ।

यस्तै, सभामुखले नेपालको संविधानको धारा ६२ को उपधारा (६) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त रहेको व्यहोरा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २१२ को (१) बमोजिम जानकारी गराउने छन् ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९’ पेस गर्नेछन् । सँगै ‘बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्यनिरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०७९’ पनि पेस गर्नेछन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved