खाना खाएपछि साँझमा हिड्नुको छुट्टै फाइदा

नेपालभ्युज

खाना खाएपछि साँझमा हिड्नुको छुट्टै फाइदा

काठमाडौं । अधिकांश मानिस रातको खाना खाएपछि सिधै गएर सोफामा ढल्केर बस्ने गर्दछन् । जो शरीरका लागि एकदमै बेफाइदा छ ।

जसरी बिहान हामी खानापछि आफ्नो काममा लाग्छौं । अत्यधिक मानिस दिनभर कुनै न कुनै काममा हुने भएकाले बिहानको खानापछि सुत्ने वा बस्ने सम्भावना त्यति हुँदैन ।

तर साँझको समय भनेको घरमै बिताउने समय भएकाले मानिस शारीरिक रुपमा निस्कृय हुन्छ । त्यसैले साँझमा पनि खाना खाएपछि केहीबेर घरको कौंसी वा बाहिर पनि हिँड्डुल गर्नु शरीरका लागि फाइदाजनक हुन्छ ।

तपाईं समयमै खाना खानुभयो भने त बाहिर हिँड्डुल गर्न पनि सक्नुहुन्छ । तर यदी बाहिर हिँड्न मन छैन भने पनि कोठाभित्रै वा कौसीमा हिँड्न सक्नुहुन्छ ।

यसका अन्य फाइदाहरु पनि छन् जसलाई बुँदागत रुपमा जानौं ।

१. तौल नियन्त्रित बनाइराख्न चाहनेले रातको खाना पछि केहीबेर अवश्य हिँड्नुपर्छ । यसले पाचन प्रक्रियालाई बलियो बनाउँछ जसले गर्दा तौल बढ्न दिँदैन ।

२. रातको समयमा राम्रो निद्रा नपर्ने व्यक्तिहरु खाना खाइसकेपछि केहीबेर हिँड्नुपर्छ ।

३. यदी तपाईं तौल कम गर्न चाहनुहुन्छ भने पनि रातको खानापछि केहीबेर हिँड्ने गर्नुहोस् । यसले केही मात्रामा क्यालोरी बर्न हुन्छ जसले गर्दा तौल कम हुन थाल्छ ।

४. खाना खाएपछि हल्का हिँड्ने बानीले शरीरमा चिनीको मात्रा नियन्त्रित गर्छ । जसले गर्दा मधुमेह हुँदैन साथै भएको अवस्थामा बढ्ने खतरा हुँदैन ।

५. ख्याल गर्ने कुरा खाना खाएपछि हिँड्ने हिँडाई एकदमै तेज हुनु हुँदैन । हिँडाईको गति भने ढिला नै राख्न सक्नुहुन्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved