नेपाली सेनाको तालिममा पुगेर बाबुरामले दिए अर्थ राजनीतिबारे प्रवचन

सेनाको स्टाफ कलेज शिवपुरीमा आयोजित कार्यक्रममा डा. भट्टराईले ‘नेपालको अर्थ राजनीति : सम्भावना र चुनौती’ विषयमा प्रवचन दिएका हुन् । 

नेपालभ्युज

नेपाली सेनाको तालिममा पुगेर बाबुरामले दिए अर्थ राजनीतिबारे प्रवचन

काठमाडौं। पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाली सेनाको तालिममा पुगेर सरकारका उच्च अधिकृतलाई ‘नेपालको राजनीतिक अर्थव्यवस्था’बारे बारे प्रवचन दिएका छन् ।

निजामती, सैनिक तथा अन्य सुरक्षा निकायका वरिष्ठ अधिकृत (प्रथम श्रेणीका) लाई नेपाली सेनाले गरेको तालिममा व्याख्यानका लागि बुधबार भट्टराईलाई बोलाइएको थियो । सेनाको स्टाफ कलेज शिवपुरीमा आयोजित कार्यक्रममा डा. भट्टराईले ‘नेपालको अर्थ राजनीति : सम्भावना र चुनौती’ विषयमा प्रवचन दिए ।

पावर प्वाइन्टका माध्यमबाट भट्टराईले व्याख्यान गरेपछि सहभागीले विभिन्न विषयमा प्रश्न समेत सोधेका थिए । कार्यक्रममा भट्टराईले विश्वको अर्थ राजनीतिक प्रवृति, विकास र समृद्धिको अवधारणाका साथै विकासको मोडेलबारे समेत व्याख्या गरेका थिए ।

भट्टराईले नेपाललाई ३ वर्षभित्र विकासशील, १० वर्षभित्र मध्यम आयस्तर र २० वर्षभित्र प्रथम विश्वको हैसियतमा पुर्‍याउन सकिने भन्दै त्यसका लागि चाहिने शर्तहरु बारे जानकारी गराएका थिए ।

२९ फागुनबाट सुरु उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम १५ चैतसम्म चल्नेछ।

डा .भट्टराईले दिएको पावरप्वाइन्ट प्रस्तुति


Comment

One thought on “नेपाली सेनाको तालिममा पुगेर बाबुरामले दिए अर्थ राजनीतिबारे प्रवचन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

न्यूज अपडेट

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved