विराट कोहली र रोहित शर्मालाई पछि पारे रोहित पौडेल र आशिफ शेखले

आशिफ शेखले ३ सय ६५ र रोहित कुमार पौडेलले ३ सय ४१ रन बनाएका छन् । आशिफ तेस्रो र रोहित चौथो स्थानमा छन् । जबकी ३ सय ३८ रनसहित विराट कोहली पाँचौँ र रोहित शर्मा ३ सय २८ रनसहित छैठौँ स्थानमा छन् ।

नेपालभ्युज

विराट कोहली र रोहित शर्मालाई पछि पारे रोहित पौडेल र आशिफ शेखले

काठमाडौं। नेपाली राष्ट्रिय टोलीका कप्तान रोहित पौडेल र ब्याटर आशिफ शेखले भारतीय कप्तान रोहित शर्मा र ब्याटर विराट कोहलीलाई पछि पारेका छन् ।

सन् २०२३ मा एकदिवसीय क्रिकेटमा सबैभन्दा धेरै रन हान्नेमा रोहित पौडेल र आशिफ शेखले रोहित शर्मा र विराट कोहलीलाई पछि पारेका हुन् ।

सन् २०२३ मा एकदिवसीय क्रिकेटमा आशिफ शेखले ३ सय ६५ र रोहित कुमार पौडेलले ३ सय ४१ रन बनाएका छन् । आशिफ तेस्रो र रोहित चौथो स्थानमा छन् । जबकी ३ सय ३८ रनसहित विराट कोहली पाँचौँ र रोहित शर्मा ३ सय २८ रनसहित छैठौँ स्थानमा छन् ।

सन् २०२३ मा आशिफ शेखले एउटा शतक समेत हानेका छन् । नेपालको तर्फबाट एकदिवसीय क्रिकेटमा १ हजार रन बनाउने दुई जना खेलाडी पनि पौडेल र शेख मात्रै हुन् ।

सन् २०२३ मा एकदिवसीयमा सबैभन्दा धेरै रन भारतीय खेलाडी शुभमन गिलले बनाएका छन् । पहिलो नम्बरमा रहेका गिलले ५ सय ६७ र दोस्रो स्थानमा रहेका जस बटलरले ३ सय ७२ रन बनाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved