चितवन २ को उपनिर्वाचनमा १८ दल भिड्ने

नेपालभ्युज

चितवन २ को उपनिर्वाचनमा १८ दल भिड्ने

काठमाडौं। आगामी १० वैशाखमा हुने चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा १८ दलले निर्वाचनमा सहभागी हुन दल दर्ता गराएका छन् । यो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज भएपछि खाली भएको क्षेत्र हो।

निर्वाचन आयोगले तोकेको समयभित्र १८ दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ। दर्ता भएका सबै राजनीतिक दलहरुको नाम नेपाल राजपत्रमा प्रकाशित गरिने आयोगले जनाएको छ ।

दर्ता भएका दलहरुलाई आयोगले चुनाव चिह्न पनि प्रदान गरेको छ । १० वैशाखको उपनिर्वाचनमा गत ४ मंसिरको चुनावमा दलहरूले समानुपातिक पद्धतितर्फ पाएको मतको आधारमा क्रम निर्धारण गरिएको र त्यही आधारमा मतपत्रमा नाम राखिने पनि आयोगले जनाएको छ।

आयोगका अनुसार नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय स्वतन्त्र पार्टी,राप्रपा र राष्ट्रिय जनमोर्चाले दल दर्ता गराएका छन्।

यसैगरी, मंगोल नेसनल अर्गनाइजेसन, नेपाल मजदुर किसान पार्टी, नागरिक पार्टी, नेपाली कांग्रेस वीपी,मौलिक जरोकिलो पार्टी र नागरिक उन्मुक्ति पार्टी पनि दर्ता भएका छन्।

त्यसैगरी, चुनावका लागि राष्ट्रिय मुक्ति आन्दोलन, पुर्नजागरण पार्टी, हाम्रो नेपाली पार्टी र जय जन्मभूमि पार्टीले पनि निर्वाचनमा भाग लिने भन्दै दल दर्ता गरेको आयोगले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved