इन्टरनेट, केबलका तारहरू तत्काल नहटाए प्राधिकरणले विना जानकारी हटाइदिने

नेपालभ्युज

इन्टरनेट, केबलका तारहरू तत्काल नहटाए प्राधिकरणले विना जानकारी हटाइदिने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले विद्युतीय पोलमा अव्यवस्थित तरिकाले लत्रिएका र प्रयोगमा नरहेका अनावश्यक तार तत्काल व्यवस्थापन गर्न इन्टरनेट, केवल टिभी र दूरसञ्चार सेवा प्रदायकलाई अनुरोध गरेको छ ।

प्राधिकरणले यसको पालना नभए आफैंले कुनै जानकारीबिना नै तार हटाइदिने चेतावनीसमेत दिएको छ । प्राधिकरणले यसअघि कात्तिक र पुसमा पनि यस्तै अनुरोध गरेको थियो ।

सो निर्देशनको पालना नभएको भन्दै प्राधिकरणले मंगलबार यस्तो चेतावनी दिएको हो ।

पछिल्लो समय अव्यवस्थित तार हटाउन स्थानीय तह समेत अग्रसर भएका छन् । यस्ता तार हटाएर शहरी सुन्दरता कायम राख्न, आगलागीलगायत विद्युतीय दुर्घटना न्यूनीकरण गर्दै भरपर्दो विद्युत सेवा उपलब्ध गराउन समेत प्राधिकरणले सरोकारवालालाई अनुरोध गरेको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved