आठ दलसँग रेशम चौधरीका ८ माग !

श्रीमतीलाई उपप्रधानमन्त्रीसहित सुदूर प्रदेशमा आधा कार्यकाल मुख्यमन्त्री

नेपालभ्युज

आठ दलसँग रेशम चौधरीका ८ माग !

काठमाडौं। आठ दलको तर्फबाट राष्ट्रपतिका साझा उम्मेदवार रामचन्द्र पौडेलसँग गठबन्धन भित्रकै नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आठ वटै माग अगाडि सारेको छ ।

नाउपाका संरक्षक रेशम चौधरीलाई भेट्न डिल्लीबजार कारागार पुगेका पौडेलसँग चौधरीले गठबन्धनसामु आफ्ना माग सम्बोधनका लागि पहल गरिदिन आग्रह गरेको स्रोतको भनाइ छ।

चौधरीले ‘आठ दलसँग मेरा ८ वटै कुरा छन्’ भन्दै छलफल अगाडि बढाएको र सो क्रममा पार्टी अध्यक्ष एवं सांसद रञ्जिता श्रेष्ठलाई उपप्रधानसहित मन्त्री बनाउनुपर्नेदेखि सुदूरपश्चिम सरकार आलोपालो गर्ने सम्म कुरा राखेको स्रोतको भनाइ छ।

राष्ट्रपतिको उम्मेदवार कांग्रेसका वरिष्ठ नेता पौडेलले बिहीबार बिहान रेशम चौधरीलाई भेटेका थिए । डिल्लीबजार कारागारमा भएको भेटमा चौधरीले ती माग राखेको कांग्रेस स्रोतको भन्नाइ छ।

सुदूरपश्चिम प्रदेशमा कांग्रेस, माओवादी र नाउपा डेढ–डेढ वर्ष सरकारको नेतृत्व हुनुपर्ने, दुई मन्त्री र एक राज्यमन्त्री हुनुपर्ने, दुई संसदीय समितिको सभापति चाहिने, सुदूरपश्चिम प्रदेशको नाम खस–थारू प्रदेश राख्नुपर्ने रेशमको माग छ । नाम फेर्न गठबन्धनसँग सुदूरपश्चिममा दुई तिहाइ रहेको चौधरीको भनाइ छ ।

यस्तै, सुदूरपश्चिमको राजधानी धनगढी बनाउनुपर्ने, कैलालीको टीकारपुर क्षेत्रलाई छुट्टै जिल्ला घोषणा गर्नुपर्ने, केन्द्र सरकारमा सहरी विकास मन्त्रालय र एक राज्यमन्त्री चाहिनेलगायत माग रहेको स्रोतको भनाइ छ। त्यसैगरी, लुम्बिनीमा दुईमन्त्री र मधेस प्रदेशमा एक मन्त्री नाउपाले पाउनुपर्ने समेत माग रहेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved