बिहीबार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

नेपालभ्युज

बिहीबार ८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं। बिहीबार नेपाली बजारमा सुनको मूल्यमा ८ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

बुधबार सुनको मूल्य तोलामा १ लाख १ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै, तेजावी सुन तोलामा १ लाख २ हजार १०० रुपैयाँ कारोबार भएको छ ।

यस्तै बिहीबार चाँदीको मूल्य तोलामा १२७० रुपैयाँमा कारोबार भएको छ । यसअघि बुधबार चाँदी तोलामा १२५५ रुपैयाँमा कारोबार भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved