प्रचण्डलाई प्रधानमन्त्री बनाउनु एमालेको गल्ती–पूर्वमन्त्री शाह

नेपालभ्युज

प्रचण्डलाई प्रधानमन्त्री बनाउनु एमालेको गल्ती–पूर्वमन्त्री शाह

काठमाडौं। नेकपा (एमाले) की नेतृ एवम् निवर्तमान कृषिमन्त्री ज्वालाकुमारी साहले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मुलुकको नेतृत्वमा रहुञ्जेल देश र जनताले दुःख र सास्ती पाइरहने भन्दै प्रधानमन्त्री बनाएर एमालेले गल्ती गरेको बताएकी छिन्।

नेतृ साहले माओवादी अध्यक्ष प्रचण्डकै कारण जनयुद्धमा लाग्नेहरूको सपनामा समेत चोट पुगेको आरोप लगाइन्।उनले प्रधानमन्त्री प्रचण्डलाई धोकेबाजसमेत भनिन् ।

‘उहाँको व्यवहारले धोकेबाज देखिनुभएको छ । अब प्रचण्डसँग हाम्रो सहकार्य हुँदैन्’ उनले भनिन्–‘हामी हिजोपनि एक्लै चुनाव लडेको हो र भोलि पनि एक्लै लड्छौं । देशलाई अघि बढाउन एमाले एक्लै सक्षम छ ।’

सोमबार मात्रै मन्त्री पदबाट राजीनामा दिएकी साहले आफ्नो पार्टीले प्रचण्डलाई प्रधानमन्त्री बनाएर ठूलो गल्ती गरेको पनि बताइन्। पार्टीले राष्ट्रपतिमा अघि सारेको सुवासचन्द्र नेम्वाङको जित सुनिश्चित रहेको दाबीसमेत उनको थियो।

‘उहाँको व्यक्तित्व र क्षमताको हिसाबले, बोली, व्यवहार अनि वचन राम्रो छ त्यसैले राष्ट्रपतिको भूमिकामा उहाँ सफल हुनुहुनेछ’ उनले भनिन्–‘हामी उहाँलाई सफल बनाउने प्रक्रियामा लागेका छौं । उहाँको जित सुनिश्चित छ ।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved