तीन किशोरीलाई बन्धक बनाउँदै यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ

नेपालभ्युज

तीन किशोरीलाई बन्धक बनाउँदै यौन दुर्व्यवहार गरेको आरोपमा चिनियाँ नागरिक पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। किशोरीहरूलाई बन्धक बनाई यौन दुर्व्यवहार गरेको आरोपमा एक चिनियाँ नागरिक पक्राउ परेका छन्।

किशोरीहरूलाई प्रलोभनमा पारेर विभिन्न जिल्लाबाट बोलाई ललितपुर महानगरपालिकास्थित भाडाको घरमा यौन शोषण तथा दुर्व्यवहार गर्ने गरेको भन्दै चीनको फुजिन सी मेन घर भई हाल ललितपुर २२ मा बस्दै आएका ४९ वर्षीय याङ लिमिङ पक्राउ परेका हुन्।

प्रहरीले तीन किशोरीलाई उद्धार गरेको जनाएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धि विक्रम शाहले बताए।

चिनियाँ नागरिकले कास्की महानगरपालिका–१० रामबजारका १७ वर्षीया दुई र झापा मेचीनगर नगरपालिका–११ का १३ वर्षीय किशोरीलाई बलात्कार गरेको खुलेको प्रहरीको भनाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved