सन्दीप लामिछानेको मुद्दाको पेसी पहिलो नम्बरमै

न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा सुनुवाइ हुने

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर मुद्दाको सुनुवाइ हुन लागेको हो । 

नेपालभ्युज

सन्दीप लामिछानेको मुद्दाको पेसी पहिलो नम्बरमै

काठमाडौं। क्रिकेटर सन्दीप लामिछानेको मुद्दाबारे सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना मल्ल प्रधान र कुमार चुँडालको इजलासमा केहीबेरमा सुनुवाइ हुने भएको छ।

लामिछानेको मुद्दाको पेसी पहिलो नम्मबरमै चढेको छ । सन्दीपलाई धरौटीमा छाड्ने पाटन उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्चमा पुनरावेदन गरेको छ ।

त्यस्तै, सन्दिपले पनि विदेशमा हुने खेलमा जान पाऊँ भन्दै आफूमाथि लागेका प्रतिबन्ध फुकुवाको माग गर्दै निवेदन दिएका छन् ।

महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर मुद्दाको सुनुवाइ हुन लागेको हो ।

उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग–२ अन्तर्गत यूएईमा सोमबारदेखि सुरू हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन्।

यदि, आज उनको पक्षमा आदेश आएमा सन्दीप खेल्न विदेश पुग्नसक्छन् । उनलाई विदेश लैजान क्यानले पहल गरिरहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved