प्रचण्ड–ओली भेट्ने ‘तालिका’ नै छैन !

नेपालभ्युज

प्रचण्ड–ओली भेट्ने ‘तालिका’ नै छैन !

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार हुने भनिएको भेटघाट हुने नहुने अझै टुङ्गो भएको छैन ।

दुई नेताबीच आज ‘निर्णायक’ भेटवार्ता हुने कुरा थियो । तर भेटघाट हुने नहुने भन्ने अझै अनिश्चित देखिएको छ । प्रधानमन्त्री प्रचण्डले बिहीबार साँझ पुरानो गठबन्धनसँगको बैठकपछि राष्ट्रपति उम्मेदवारका बारेमा शुक्रबार एमाले अध्यक्ष ओलीसँग निर्णायक भेट गर्ने भनेका थिए । तर, शुक्रबार बिहान पनि प्रधानमन्त्रीले पुरानै गठबन्धनसँग भेटघाट गरे ।

ओलीसँग भेट्ने कुराको कुनै समय तय नभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । ओलीको सचिवालयले समेत भेटघाट बारे जानकारी नभएको बताएको छ । ‘हल्ला मात्रै हो, भेट्ने तालिका चाहिँ छैन’ प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माले भने–‘प्रधानमन्त्री ज्यु जाने वा पूर्व प्रधानमन्त्रीज्यु आउने कुराको पूर्वजानकारी केही छैन।’

एमाले अध्यक्ष ओली प्रतिनिधिसभा बैठकमा सहभागी हुने तयारीमा छन् । ‘बालुवाटार जाने बारे थाहा छैन’ एमाले स्रोतले भनेको छ–‘विकसित राजनीतिक घट्नाक्रमले भेटघाट गराउन पनि सक्छ, तर अहिलेसम्म भेट्ने तय भएको छैन।’

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved