कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

नेपालभ्युज

कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्य सम्पादन समितिको बैठक शनिबार बिहान बस्ने भएको छ।

कांग्रेस प्रवक्ता प्रकाशशरण महतका अनुसार बैठक पार्टी कार्यालय सानेपामा  शनिबार बिहान साढे ८ बजे बस्नेछ ।

बैठकमा राष्ट्रपतिको उमेदवार तय गर्ने बारे छलफल हुने बताइएको छ ।

नेपाली कांग्रेसले राष्ट्रपतिमा उम्मेदवारी दिने तयारीका साथ अन्य दलसँग राजनैतिक भेटघाट तिव्र पारेको छ तर अहिलेसम्म औपचारिक सहमती भने भइसकेको छैन।

कांग्रेसले राष्ट्रपतिमा माओवादीसहितको पूरानो गठबन्धनको साथ खोजेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved