केपी ओली कप : पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

नेपालभ्युज

केपी ओली कप : पुलिसलाई हराउँदै सातदोबाटो सेमिफाइनलमा

काठमाडौं। केपी ओली कपमा सातदोबाटो युथ क्लब विजयी भएको छ। सातादोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको बिहीबार भएको खेलमा सातदोबाटोले नेपाल पुलिस क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो।

सातदोबाटोको लागि दीपक राज सिंह ठकुरीले गोल गरे भने पुलिसको लागि प्रविन थापाले गोल फर्काए।

पहिलो हाफको इन्ज्युरी समयमा दीपकले गोल गर्दै सातदोबाटोलाई अग्रता दिलाए। खेलको ४९औँ मिनेटमा पुलिसको लागि प्रवीण थापाले गोल फर्काए। ७१औँ मिनेटमा दीपकले दोस्रो गोल गर्दै सातदोबाटोलाई पुनः अग्रता दिलाए।

यससँगै सातदोबाटो प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। शुक्रबार बिहान ११ बजे त्रिभुवन आर्मी र मछिन्द्र फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ। सो खेलको विजयी टोलीले सातोदोबाटोसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved