हाम्रो पात्रोका १ करोड प्रयोगकर्ताका लागि उपलब्ध भयो डिजिटल वालेट ‘हाम्रो पे’

नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट ‘हाम्रो पे’ थपिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो।

नेपालभ्युज

हाम्रो पात्रोका १ करोड प्रयोगकर्ताका लागि उपलब्ध भयो डिजिटल वालेट ‘हाम्रो पे’

काठमाडौं। नेपालकै सर्वाधिक लोकप्रिय एप हाम्रो पात्रोमा डिजिटल वालेट ‘हाम्रो पे’ थपिएको छ। शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै हाम्रोपात्रोले आफ्नो डिजिटल वालेट सार्वजनिक गरेको हो।

यससँगै प्रयोगकर्ताले हाम्रो पात्रो एपबाट डिजिटल वालेट ‘हाम्रो पे’ प्रयोग गर्न सक्नेछन्। यसका लागि छुट्टै मोबाइल एप भने डाउनलोड गर्नुपर्ने छैन। एक करोडभन्दा बढी प्रयोगकर्ता रहेको हाम्रो पात्रोमै डिजिटल वालेट उपलब्ध भएसँगै एपका सबै प्रयोगकर्ताले सहजै डिजिटल भुक्तानीमा पहुँच पाउन सक्नेछन्।

हाम्रो पात्रोलाई नेपालको सुपर एप बनाउने उद्देश्यका साथ डिजिटल भुक्तानीको रूपमा हाम्रो पे ल्याइएको हाम्रो पे इंकका संस्थापक तथा सिइओ शंकर उप्रेतीले बताए।

“हामी हाम्रो पात्रोलाई सुपर एप बनाउन खोज्दैछौँ । प्रयोगकर्ताहरूले हामीलाई दिएको यति धेरै विश्वासकै कारण हामी एउटै एपमा दैनिकीमा आवश्यक पर्ने सम्पूर्ण आवश्यकताहरूलाई समेट्न खोज्दैछौं,” उनले भने, “त्यसै अन्तर्गत हामीले हाम्रो आफ्नै डिजिटल वालेट ‘हाम्रो पे’ ल्याएका हौँ । यसले अनलाइन भुक्तानीलाई हाम्रा एक करोड प्रयोगकर्ता माझ पुर्‍याउने हाम्रो विश्वास छ।”

खर्च ट्र्याक गर्न सकिने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे), साथीसँग पैसा सापटी माग्ने, ‘लाइभ च्याट सपोर्ट’ लगायतका मौलिक फिचर रहेको हाम्रो पे विभिन्न छ ओटा भाषामा प्रयोग गर्न सकिन्छ।

नेपाल पेको क्युआर राखिएको एपमा ३० भन्दा बढी बैंकबाट रकम लोड गर्न सकिने विकल्प उपलब्ध छ। अङ्ग्रेजीसँगै नेपाली, नेपालभाषा, मैथिली, थारू र डोटेली रहेका छन्। हाम्रो पात्रोका अध्यक्ष रुद्र पाण्डेले ‘हाम्रो पे’ले अनलाइन भुक्तानी प्रणालीलाई थप सहज तथा सरल बनाउने कुरामा आफू विश्वस्त रहेको बताए। “हाम्रो पेलाई प्रयोगकर्तामाझ पुर्‍याउन हाम्रा इन्जिनियरहरूको दिनरातको मेहेनतको म कदर गर्छु,” उनले भने, “एक करोडभन्दा बढी प्रयोगकर्ताहरू माझ पुग्ने हाम्रो पेले सबैको विश्वास जित्नेछ भन्ने कुरामा ढुक्क छु।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved