बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ छु : प्रधानमन्त्री प्रचण्ड

नेपालभ्युज

बदलिएको व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ छु : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं। ७३ औँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले शुभकामना दिएका छन् । आज ऐतिहासिक दिन भएको बताउँदै उनले प्रजातन्त्र स्थापनाका निम्ति जीवनको अमूल्य बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण श्रद्धा सुमन अर्पण गर्दै प्रजातान्त्रिक आन्दोलनका सम्पूर्ण योद्धाहरूप्रति उच्च सम्मान व्यक्त गर्दै शुभकामना दिएका छन् ।

प्रधानमन्त्री प्रचण्डले सरकार सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्दै बदलिएको राजनीतिक व्यवस्थाअनुरूप जनताको अवस्था बदल्न दृढ प्रतिबद्ध समेत बताएका छन् । 

नेपालले पाएको उपलब्धिका निम्ति २००७ सालको आन्दोलन, २०४६ सालको आन्दोलन, महान् जनयुद्ध, २०६२/०६३ को ऐतिहासिक जनआन्दोलन लगायत उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग र समुदायका न्यायपूर्ण आन्दोलनहरूको निर्णायक भूमिका रहिआएको उनले बताए छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved