जेलमुक्त भएलगतै खेलको उत्कृष्ट लयमा सन्दीप, आईसीसी पुरुष विश्वकप क्रिकेट लिगमा राम्रो प्रदर्शन

नबालिका बलात्कार अभियोगमा सय दिन बन्दी जीवन बिताएर रिहा भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने जेल जीवनपछिको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।

नेपालभ्युज

जेलमुक्त भएलगतै खेलको उत्कृष्ट लयमा सन्दीप, आईसीसी पुरुष विश्वकप क्रिकेट लिगमा राम्रो प्रदर्शन

काठमाडौं। नबालिका बलात्कार अभियोगमा सय दिन बन्दी जीवन बिताएर रिहा भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने जेल जीवनपछिको पहिलो खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन्।

जारी आईसीसी पुरुष क्रिकेट विश्वकप क्रिकेट लिग २ मा सबैभन्दा धेरै विकेट लिने तेस्रो बलर बन्न सफल भएका छन्। उनले ५० विकेट पूरा गरेका छन्।

सर्वाधिक विकेट लिनेको सूचीमा नेपालका करण केसी भए पनि जारी त्रिकोणात्मक सिरिजमा पनि सन्दीप उत्कृष्ट लयमा छन्। करण केसीले २३ म्याचमा ४३ विकेट लिँदै सातौँ स्थानमा छन्। तर, उनको इकोनोमी खराब छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय एकदिवसीय शृङ्खलामा नामिबियाविरुद्ध तीन विकेट लिँदै उनले उक्त सफलता हासिल गरेका हुन्।

लिग २ मा सबैभन्दा छिटो ५० विकेट पूरा गर्ने रेकर्ड पनि सन्दीपले राखेका छन्। उनले मात्र २३ खेलमा ३ दशमलव ९१ को इकोनोमी कायम गर्दै ५१ विकेट पुरा गरेका छन् । सर्वाधिक विकेट टेकरको सूचीमा ओमानका बिलाल खान शीर्षस्थानमा छन् छन्।

सन्दीपले भने अहिलेसम्म २२ इनिङ मात्र बलिङ गरेका छन्। त्यसैले सूचीको शीर्षस्थानमा उक्लिन उनीसँग प्रशस्त समय छ। लिग २ अन्तरगत अब नेपालमा ६ खेल हुनेछन्। त सन्दीप भने विदेशको खेल खेल्न जान पाउनेछैनन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved