पक्राउ परेका सांसद चौधरीलाई आज बयानका लागि अदालतमा लगिँदै

नेपालभ्युज

पक्राउ परेका सांसद चौधरीलाई आज बयानका लागि अदालतमा लगिँदै

कैलाली । प्रहरीको नियन्त्रणमा रहेका नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीलाई आज बयानका लागि जिल्ला अदालत कैलाली लगिने भएको छ ।

ट्र्याक्टर जलाएको मुद्दामा अदालतबाट दोषी ठहर भएका चौधरीलाई फैसला कार्यान्वयनको लागि भन्दै माघको १९ गते प्रहरीले बाँकेबाट पक्राउ गरेको थियो ।

उच्च अदालत दिपायलमा सुनुवाइ भइरहेको उक्त मुद्दामा चौधरीले कैलाली अदालतबाटै भिडियो प्रविधि मार्फत बयान दिने छन् ।

२०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जना विरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved